Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

रत्न र बिष्णु क्वाटरफाईनलमा

नेपाली सेनाका रत्नजित तामाङ्ग, नेपाल प्रहरीका बिष्णु कटुवाल, सेनाका नविन श्रेष्ठ र भोजपुरका विकास श्रेष्ठ पाँचौ पुष्पलाल ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको लिग खेलमा अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएका छन् ।

4 (4)नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा रत्नले सेमिफाईनलको लागि एपिएफका जोसेफ अधिकारीको सामना गर्ने छन् । यस्तै क्वाटरफाईनलमा बिष्णुले एपिएफकै विजित थापामगर, नविनले सेनाकै दिपेश धामी र विकासले एपिएफका सुदीप सेढाईको सामना गर्ने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा जारी प्रतियोगिताको महिला एकलको लिग चरणको खेलमा सेनाकी नङ्गशल देवी तामाङ्गले कैलालीकी दुर्गा भन्डारीलाई २१–७ र २१–१० ले पराजित गरिन् । यस्तै सेनाका अनुमाया राईले सेनाकै मेघा चन्दलाई २१–१७ र २१–१४ले, जेसिका गुरुङ्गले अमिता गिरीलाई १९–२१, २१–१८ र २१–१७ले तथा सुनैना मुखियाले एपिएफकी शोभा गौचनलाई २१–१४ र २३–२१ले पराजित गरेका छन् ।
छात्रा एकल तर्फको प्रतिस्पर्धामा सेनाका मेघा चन्द, जेसिका गुरुङ्ग र रशिला महर्जन अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् । यस्तै अन्तिम आठमा स्थान बनाउने अन्य खेलाडीहरुमा मोरङ्गका निता लम्साल र सिमा राजवंशी, भक्तपुरकी सफी खत्री, कन्चनपुरकी रञ्जना भट्ट, तथा बाँकेकी समिक्षा न्यौपाने रहेका छन् ।
शनिबार एक समारोहविच नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले पानसमा द्विप प्रज्वलन गरि प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464