राकेश र जिमावतीलाई स्वर्ण

चौथो राष्ट्रिय अपाङ्गता पौडी प्रतियोगिताको दृष्टिविहीनतर्फ पुरुषमा राकेश शर्मा र महिलामा जिमावती लामकोलियाले शुक्रबार स्वर्ण जितेका छन् ।
पुरुषमा सुमन घिमिरेले रजत तथा गोकर्ण न्यौपानेले कांस्य जिते । महिलामा आयुष्मा क्षेत्री दोश्रो र धन दर्लामी मगर तेश्रो भए ।
नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघद्वारा आयोजित प्रतियोगिताको स्पाइनल कोर्ड इन्जुरीको पुरुष्मा रमेश खाती पहिलो, रामबहादुर तामाङ गोले दोश्रो तथा दीपक तामाङ तेश्रो बने । सो स्पर्धाको महिलामा निर्मला कार्की, जेनिशा कडायत तथा रजनी राई क्रमशः शीर्ष तीन स्थानमा रहे ।
विजेतालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गर्नुका साथै प्रतियोगिताको उद्घाटन पनि गरेकी थिइन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा भएको एकदिने प्रतियोगितामा २० खेलाडीले २५ मिटर दूरीमा प्रतिस्पर्धा गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309