Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १६ सम्मानित

काठमाडौं, भदौ १८ गते ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले ५९ औं वार्षिकोत्सवका अवसरमा ४ खेलाडीसहित १६ जनालाई शनिबार सम्मान गरेको छ ।
सम्मानित हुने खेलाडीमा सिनियरतर्फ पुरुषमा फुटबलका किरण चेम्जोङ र महिलामा पारा तेक्वान्दोकी पलेशा गोबर्धन तथा जुनियरको पुरुषमा एथलेटिक्सका सन्दिप थारु र महिलामा टेबलटेनिसकी इभाना थापा रहेका छन् । प्रशासन र प्राविधकितर्फ ६ कर्मचारी पुरस्कृत भए ।

सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा डिल्लीराम काफ्ले र प्राविधिकमा उसुका प्रकाश महर्जन, उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा दीपा बास्तोला र प्राविधिकमा भारोत्तोलनका जीवन गौतम तथा परिषद् सेवा पुरस्कारको प्रशासनमा अर्जुनबहादुर कार्की र प्राविधिकमा जिम्न्याष्टिककी सजनी मानन्धर पुरस्कृत भए । राखेपमा करार सेवामा कार्यरत कर्मचारीतर्फ केशव खरेल सम्मानित भए । खेल पत्रकारमा द हिमालयन टाइम्सका महेश आचार्य र राससकी मुनाकुमारी कार्की सम्मानित भए । उनीहरुलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो ।
उत्कृष्ट स्थानिय तहमा भरतपुर महानगरपालिका, उत्कृष्ट राष्ट्रिय खेल संघमा नेपाल ट्रायथलन संघ र उत्कृष्ट खेल सामाग्री उत्पादकमा कामारु ट्रेडिङ प्रा।लि। सम्मानित भए । सो अवसरमा राखेपमा २५ वर्ष र २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई क्रमशः दीर्घ सेवा पदक र परिषद् सेवा पदक प्रदान गरिएको थियो ।
उनीहरुलाई राखेपका संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा। दामोदर रेग्मी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाली सेनाका उपरथी सिताराम खड्कालगायतले भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सीमित श्रोत र साधनका बावजुद नेपाली खेलाडीले हासिल गरेको उपलब्धी प्रशंसानीय रहेको बताउदै खेलकुदको पूर्वाधार र खेलाडीको सुविधा बृद्धि गर्ने कुरामा सरकार प्रयत्नशील रहेको बताए ।
खेलकुद मन्त्री गहतराजले प्राथमिक तहदेखि नै खेलकुदलाई शिक्षामा समावेश गर्नु पर्नेमा जोड दिदै अब आउने नियमावलीमा खेलाडीको पुरस्कारलाई कानूनी रुपमै व्यवस्था गरिएको जानकारी दिए । मन्त्री गहतराजले खेलकुदलाई उद्योगका रुपमा विकास गर्नु पर्ने, पर्यटनसंग जोड्नु पर्ने र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने माध्यमका रुपमा विकसित गर्नु पर्नेमा जोड दिए ।
उपाध्यक्ष कोइरालाले खेलकुदलाई आर्थिक उपार्जनको माध्यम पनि बनाउनु पर्ने आवश्यकता औल्याए । सदस्य–सचिव घिसिङले उमेरसमूह र सिनियर खेलाडीको प्रतियोगिताका लागि तालिका बनाएर अगाडि बढ्ने तयारी भइरहेको बताउदै नवौं राष्ट्रिय खेलकुदको तयारी बारे जानकारी गराएका थिए । उनले एसियाली खेलकुदमा स्वर्णको खडेरी तोड्ने गरी तयारी अगाडि बढाउनु पर्ने आवश्यकता रहेको बताउदै दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलकुदको तयारीमा जुट्नु पर्ने आवश्कता औल्याए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464