राखेपको सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त

राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा नियुक्त भएका छन् । उनलाई राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सुरुमा राखेपको सदस्यमा नियुक्त गरेका थिए ।

नेपाल भलिबल संघले सिफारिस गरेका सिलवाल सदस्यमा नियुक्त भएपछि सदस्यसचिवमा नियुक्त गरिएका हुन् । आजै सोमबारदेखि लागूहुने गरि नियुक्त भएका सिलवालको कार्यकाल चार वर्षका लागि हुने छ ।

नवनियुक्त सदस्यसचिव सिलवालले सोमबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वर्माले मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथ लिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309