Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

राखेपद्धारा दुई पूर्वाधार निर्माणका लागि सम्झौता

राष्ट्रिय खेलकुद परिषद्ले थप दुई पूर्वाधार निर्माण गर्ने सम्बन्धमा स्थानिय उपभोक्ता समितिसँग सम्झौता गरेको छ । गण्डकी प्रदेश स्तरिया खेलकुद अभिमुखीकरण कार्यक्रमका दौरान राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र लामाचौर खेलमैदान उपभोक्ता समितिका सचिव बुद्धिवहादुर खत्रीबीच सम्झौता भएको छ । पोखराको लामाचौरमा निर्माणधिन कर्भहलको भिआईपी प्याराफिटको वाल निमार्णका लागि राखेपले १० लाख उपलब्ध गराउने भएको छ । ३० मिटर लम्बाई र १२ मिटर चौडाई भएको प्यारफिटको दर्शक क्षमता एक हजार रहेको छ । निर्माण सम्पन्न भएको नेचुरल प्यारफिटतर्फ भने कभर्डहलमा ५ हजार दर्शक अट्ने क्षमता रहेको छ ।
त्यसैगरि स्याङजाको वाललिङ खेल मैदानको प्याराफिट र प्याराफिट मुनी रहेको खेलाडी चेन्जीङ रुम निर्माणका लागि राखेपले १० लाख उपलब्ध गराउने भएको छ । सोमवार राखेप सदस्य सचिव सिलवाल र वालिङ खेलमैदान उपभोक्त समितिका अध्यक्ष केशरवहादुर थापाबीच सम्झौता भएको छ । आईतवार राखेपले गण्डकी प्रदेशका ९ पूर्वाधार निर्माणका लागि सम्झौता गरेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464