राखेपद्वरा समवेदना ब्यक्त

राष्ट्रिय खेलकुद परिषद् अन्तरगत झपा जिल्ला खेलकुद विकास समितिमा कार्यरत तेक्वान्दो सहायक प्रशिक्षक स्व. दीपक खवासको निधनमा राष्ट्रिय खेलकुद परिषद्ले समवेदना ब्यक्त गरेको छ । खवासको कोभिड १९ संक्रमणका कारण श्रावण १७ गते असामयिक निधन भएको थियो । परिषदले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने क्षमता प्राप्त होस् भनि समवेदना ब्यक्त गरेको छ ।
ईलाम जिल्ला रोम गाउँपालिका कुटिडाँडामा २०२९ साल फागुण ८ गते जन्मिएका सहायक प्रशिक्षक खवास २०५१ सालमा राष्ट्रिय खेलकुद परिषदमा करारको रुपमा सेवा प्रवेश गर्दै २०६१ सालमा स्थायी भई सहायक प्रशिक्षकको रुपमा कार्यरत रहेका थिए ।
स्व. खवासका श्रीमती दुई छोरा र छोरी रहेका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373