Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन

काठमाडौं, असार ७ गते ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले खेलकुदको समग्र विकासका लागि खेलकुद सम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनु पर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदल गठन गरेको छ ।


राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलका सदस्यहरुमा गीता क्षेत्री राणा, युवराज लामा, रमेशराज पन्त, ओमकृष्ण प्रसाईं, डा। शुभेन्दु गुप्ता, रवि राजकर्णिकर, सूर्यबहादुर अधिकारी, नीलेन्द्रराज श्रेष्ठ, सुमन डिसी, सुजिना गुरुङ, डा। अचुतम लामिछाने र हरिहर श्रेष्ठ रहेका छन् ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उनीहरुलाई मंगलबार पत्र हस्तान्तरण गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले भने– ‘योजना बनाउन जत्ति जरुरी छ त्यो भन्दा पनि अझ महत्वपूर्ण पाटो योजनालाई कार्यान्वयन तहमा पु¥याउनु हो । कार्यदलमा विज्ञ र अनुभवी महानुभावहरु हुनुहुन्छ । यहाँहरुबाट मैले धेरै आशा गरेको छु ।’

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464