Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

राखेपद्वारा छानविन कार्यदल गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले क्रिकेट संघद्वारा आयोजना गरिएको नेपाल टि – २० लिगमा भएको कमिकमजोरी एवं विसंगतीका बारेमा सत्य तथ्य पत्ता लगाउनका लागि छानविन कार्यदल गठन गरेको छ ।
राखेपले बुधबार एक बिज्ञप्ती जारी गर्दै उक्त जानकारी गराएको हो ।
“नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाण्डौमा भईरहेको नेपाल टी–२० लिगका सम्बन्धमा विदेशी खेलाडीहरुको श्रम स्वीकृती एवं प्रतियोगिता संचालनको सम्बन्धमा परिषद्ले संघसंग आवश्यक प्रमाण कागजात माग गरिएको पत्राचारको वेवास्ता गरेको साथै पछिल्लो समय प्रतियोगिता संचालनका क्रममा संघबाट भएका कमजोरी एवं विसंगतीको वारेमा सार्वजनिक भएको बिषय प्रति राष्ट्रिय खेलकुद परिषद्को गम्भिर ध्यानाकर्षण भएको छ ।
सोही सन्दर्भमा परिषद्को कार्यकारी समितिको बुधवार बसेको बैठकको निर्णयले सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकास कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् “- राखेपद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464