Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

राखेपद्वारा धन्यवाद ज्ञापन

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा रामेछाप जिल्लाको सुनापाति गाउँपालिका, दोरम्वा शैलुङ गाउँपालिका र खाडाँदेवि गाउँपालिकाका भु–भागलाई समेटेर (शैलुङ अल्ट्रा) सुनापाति शैलुङ अन्र्तराष्ट्रिय अल्ट्रा म्याराथन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।
सुनापाति शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनका संयोजक समेत रहेका रामेछाप जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख अर्जुन कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता सम्पन्न गर्ने सम्पूर्णलाई धन्यवाद दिएका हुन् । प्रतियोगगिता चैत ३ र ४ गते सम्पन्न भएको यो ।
उक्त प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव श्री टंकलाल घिसिङको परिकल्पनामा आयोजना भएको प्रमुख कार्कीले जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘खेलकुदको माध्यमबाट रामेछाप जिल्लालाई चिनाउने तथा जिल्लाको महत्वपूर्ण पर्यटकीय स्थान सुनापातिको सादीडाँडा, सुनापति डाँडा, दोरम्वा शैलुङको शैलुङ डाँडा र खाँडादेवीको खाँडादेवी मन्दिर अत्यन्तै पर्यटकीय स्थल रहेको र प्रचार प्रसारको कमिले यो छेत्र पछाडी परि रहेको अवस्थामा सदस्य–सचिव श्री टंकलाल घिसिङले पर्यटन प्रवद्धन र महत्वपूर्ण स्थानको पहिचान होस् भन्ने उदेश्य र खेलाडीहरुको पर्यटकीय साहसीक खेलको स्तर वृद्धि होस् साथै लोप भईरहेको पथमार्गको पहिचान समेत कायम रहोस भन्ने उदेश्यले यो प्रतियोगिताको आयोजना गर्न अग्रसरता देखाउनु भएको र उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिकानिर्वाह गर्नु भएको हुँदा उहाँले यस क्षेत्र प्रति गर्नु भएको योगदानको उच्च कदर गर्दै उहाँ प्रति रामेछाप जिल्ला खेलकुद विकास समितिको तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छु ।’
‘सह–आयोजकको भुमिकामा रहनु भएका सुनापाति गाउँपालिका, दोरम्वा शैलुङ गाउँपालिका र खाडाँदेवि गाउँपालिकाका अध्यक्षज्यूहरु लगायत सम्पूर्ण गाउँपालिका टिमलाई विशेष धन्यवाद व्यक्त गर्दछु । साथै यस प्रतियोगितामा सहभागी हुनुहुने देश विदेशका अल्ट्रा रनर खेलाडीहरु, न्ज्च् द्दण्ज्ञठ का ध्ष्ललभच एवंगे्रट हिमालयन टे«ल रनिङ्गका डाईरेक्टर तथा यस सुनापाति शैलुङ अन्र्तराष्ट्रिय अल्ट्रा म्याराथन २०७९ का रेस डाईरेक्टरजगन तिमलसेना, अल्ट्रा धाविका मिरा राई तथा सम्पूर्ण निर्णायक टिम, विशेष गरेर खेलाडीहरुको बसोबासमा सहयोग पु¥याउनु हुने सुनापाति गाउँपालिका वडा नं. ३ स्थित श्री पशुपति माध्यामिक विद्यालय नागसिवाको विद्यालय व्यवस्थापन टिम, दोरम्वा शैलुङ गाउँपालिकाको राजभिर स्थित गुम्वाका प्रमुख लामा नामगेल हेल्मोज्यू लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यस प्रतियोगितालाई सम्पन्न गर्न सहयोग गर्नुहुने जिल्ला समन्वय समिति रामेछाप, स्थानीय प्रशासन एवं सुरक्षा निकायका प्रमुख तथा सुरक्षा कर्मीहरु, स्वास्थ्यकर्मीहरु, संयोजनको भुमिकामा रहेको रामेछाप जिल्ला खेलकुद विकास समिति, सुनापाति शैलुङ अल्ट्रा म्याराथन, २०७९ प्रतियोगिता आयोजना संचालन तथा व्यवस्थापन समितिलाई विशेष धन्यवाद दिन चाहन्छु । खेलकुदको माध्यमबाट रामेछाप जिल्लालाई चिनाउन सुनापाति, खाडाँदेवी र शैलुङ क्षेत्रको रमनिय स्थलको प्रचार प्रसार एवं पर्यटन प्रवद्र्धन गर्ने उदेश्य तथा लोप हुन गईरहेको गोरेटोबाटोको पहिचान कायम राख्न र अल्ट्रा रनर खेलाडीहरुको स्तर वृद्धिमा टेवा पुगोस् भन्ने उदेश्य तथा एक आपसमा भाईचारा, मित्रता कायम गर्न आयोजना गरिएको यस सुनापाति शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन, २०७९ को आयोजनाको प्रचार प्रसार तथा समाचार सम्प्रेशण गरि उल्लेखनिय सहयोग गर्नुहुने सम्पूर्ण पत्रकार एवं संचारकर्मी मित्रहरु र मौसम प्रतिकुलका बावजुद यस कार्यक्रममा उपस्थित भई कार्यक्रममा हौसला प्रदान गर्नु हुने सम्पूर्ण अतिथीज्यूहरुमा विशेष धन्यवाद ज्ञापन गर्दछु । अन्तमा यस प्रतियोगिता आयोजना सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने स्थानिय वासिन्दा, विभिन्न जातजाती तथा भेषभुषामा रहनु भएका टिमहरु, पञ्चैबाजा, झाँकी टिम, स्वयंसेवकलगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’– विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464