राखेपद्वारा पूर्व सदस्य सचिव सिंहको निधनमा शोक ब्यक्त

राष्ट्रिय खेलकुद परिषदद्वारा पूर्व सदस्य सचिव सिंहको निधनमा शोक ब्यक्त गरेको छ ।

‘राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको निधनको खबरले सिंगो खेल जगतका साथै राष्ट्रिय खेलकुद परिषद् परिवारलाई दुखी तुल्याएको छ ।
नेपाली खेलकुदको विकास र विस्तारमा स्व। किशोरबहादुर सिंहको योगदान प्रशंसनीय छ । स्व। किशोरबहादुर सिंहको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ‘:- राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव अञ्जन धमालाद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।
सिंहको बिहीबार थापाथलीस्थित नर्भिक अस्तालमा निधन भएको हो । ब्याडमिन्टनको ६ पटकको राष्ट्रिय च्याम्पियन उहाँ नेपाल जिम्न्याष्टिक संघको सह–अध्यक्षको जिम्मेवारीमा हुनु हुन्थ्यो ।
स्व। किशोरबहादुर सिंहको एक छोरी र श्रीमती हुनुहुन्छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309