राखेपद्वारा लाखेको संयोजकत्वमा समिति गठन
राष्ट्रिय खेलकुद परिषद्ले वर्तमान अवस्थामा फुटबल संघ भित्र भएको विबाद सामधानका लागि परिषद्का सदस्य पुरेन्द्र बिक्रम लाखेको संयोजकत्वमा ७ सदस्य “विवाद सामाधान छानविन समिति” गठन गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको मिति २०७८ श्रावण १९ गतेको निर्णय अनुसार समितिको सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेल रहेका छन् । समितिको सदस्यहरुमा परिषद्का सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बिक र कानुन शाखाका प्रमुख नारायणराज अर्याल सदस्य रहेका छन् । परिषद्को निमित्त सदस्य सचिव एकेन्द्र कुवँरले नवगठित समितिलाई ७ दिन भित्र सत्य तथ्य छानविन गरि प्रतिवेदन बुझाउन जिम्मेवारी दिनु भएको छ । युवा तथा खेलकुद मन्त्रालयको मिति २०७८ श्रावण १८ च.नं. ५० को पत्रबाट अखिल नेपाल फुटबल संघको वर्तमान अवस्थामा संघ भित्र भएको विवाद सामाधानका लागि छानविन समिति गठन गर्न राखेपलाई अनुरोध भएकोमा राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिको बैठकले लाखेको संयोजकत्वमा “बिवाद सामाधान छानविन समिति” गठन गरेको हो ।
फेसबुक प्रतिक्रिया