Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

राखेपद्वारा १३औं सागको खर्च विवरण सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद्ले गत बर्ष आयोजना भई ऐतिहासिक सफलता पाएको १३ औं दक्षिण एशियाली खेलकुद (साग)को खर्च विवरण आईतबार सार्वजनिक गरेको छ ।
राखेपका सदस्य सचिव रमेश कुमार सिलवाले पत्रकार सम्मेलनका विच १३ औं सागको आम्दानी तथा खर्चको विवरण प्रस्तुत गरेका हुन् ।
जसअनुसार साग खेलकुद तर्फ १ अर्व ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया, पूर्वाधार तर्फ सागकै तयारीका क्रममा विगत देखि हालसम्म २ अर्व ८६ करोड १४ लाख २८ हजार ९७३ खर्च भएको छ । यस्तै पदक विजेता खेलाडी, प्रशिक्षक र संघहरुका लागि सरकारबाटनै २२ करोड ७६ लाख खर्च भएको छ ।
साग प्रतियोगिता आयोजना गर्नका लागि विज्ञ टोलीले ५ अर्व ६९ करोड प्रस्तव गरिएकोमा सरकार बाट ३ अर्व ६५ करोड विनियोजन भएको थियो ।
परिषद्ले प्रस्तुत गरेको खर्च विवरणमा आम्दानी तर्फ सरकारबाट प्राप्त १ अर्व २२ करोड १८ लाख ४८ हजार, टिकट विक्रीबाट २ करोड ६७ लाख ११ हजार ६७५, बिज्ञापनबाट २० लाख ९ हजार ९१५ र सहभागी राष्ट्रबाट ११ करोड २१ लाख ३५ हजार ५९८ रुपैया रहेको छ ।
यसैगरि खर्च तर्फ संलग्न विवरण अनुसार १ अर्व ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया, बैंक मौज्दात ३ करोड ५५ लाख ७१ हजार १३७ र १ करोड ९३ लाख ८० हजार २२४ रुपैया फ्रिज भएको रहेको छ ।
साग प्रतियोगिताकै क्रममा दाता निकायबाट ४ करोड ८१ लख ३० हजार भौतिक सहयोग प्राप्त भएको छ । जसमा ब्याडमिन्टन, कबड्डी, बास्केटबल, टेवलटेनिस म्याट, पदक र केहि खेल किड्स रहेका छन् ।
राखेपले ३ महिना भित्र खर्च सार्वजनिक गर्ने भनेकोमा यती ढिलो गरि किन भएको भन्ने पत्रकारहरुको प्रश्नमा राखेप सदस्य सचिव सिलवालले विभिन्न स्थानमा खेल भएका र कोरोनाका कारण समयमानै खर्च विवरण प्राप्त नभएको साथै सहभागी राष्ट्रहरुबाट पूर्ण विवरण प्राप्त नभएका कारण केहि ढिला हुन गएको जानकारी गराए ।
पहिलो र आठौं दक्षिण एशियाली खेलकुदलाई सफलतापूर्वक सम्पन्न गरिसकेको नेपालले २०७६ मंसिर १५ देखि २४ गते सम्म १३ औं दक्षिण एशियाली खेलकुदलाई ऐतिहासिक उपलब्धीसंगै पूर्णता दिएको थियो । जसमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरि कुल २०७ पदक हात पारेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464