राखेपमा डण्डीबियो सुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोश्रो उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित राखेप परिसरमा सुरु भएको छ ।
पहिलो दिन ग्लोरी, भक्तपुर, रिडर्स इन्टरनेसनल मोडेल, काठमाडौं, गोल्डेन फ्युचर, काभ्रे तथा दीपशिखा, काभ्रे क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ग्लोरीले नजरथ, ललितपुरलाई २२०–१८०, रिडर्सले सन्जिविनी वैकल्पिक, काठमाडौंलाई १७०–१५०, गोल्डेनले रुपक मेमोरियल, ललितपुरलाई १४०–९० तथा दीपशिखाले रेडियन्ट रिडर, ललितपुरलाई १५५–१२० ले पराजित गरे ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा काठमाडौंबाट ४, ललिपतुर र भक्तपुरबाट ३–३ तथा काभ्रेबाट २ गरी जम्मा १२ टिमको सहभागिता रहेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत मीनकुमार शर्माले जनाएका छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ७ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373