राखेप उपाधयक्ष र सदस्यद्वारा संयुक्त समर युनिभर्सियाडको काउन्ट डाउन सुरु

काठमाडौं, भदौ २ गते ।
समर युनिभर्सियाड गेम्सको ३१ औं संस्करण सुरु हुन १ वर्ष बाँकी छँदा मंगलबारदेखि काउन्ट डाउन सुरु भएको छ । त्यस अवसरमा नेपालमा पनि विश्वविद्यालय खेलकुद संघ नेपालले कार्यक्रम आयोजना ग¥यो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य सुभास श्रेष्ठले संयुक्त रुपमा कार्यक्रमको सुरुआत गरे । विगतमा वल्र्ड युनिभर्सिटी समर गेम्स (फिसु) ले मात्र खेल सुरु हुन १ वर्ष बाँकी रहँदा कार्यक्रम गर्ने प्रचलन रहेकामा यस वर्षदेखि १ सय ७७ सदस्य राष्ट्रलाई कार्यक्रम आयोजना गर्न फिसुले पत्रचार गरेको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिं बोहराले जानकारी दिए । फिसुको मुख्यालय स्विट्जरल्यान्डको लुजानमा छ ।
गेम्स चीनको छेङदुमा अगष्ट १८ देखि २९ तारिखसम्म हुने कार्यक्रम छ । दुई वर्षको अन्तरालमा हुने गेम्सको गत संस्करणमा नेपालले तेक्वान्दो र फेन्सिङमा सहभागिता जनाएको थियो । गत संस्करण इटालीको नापोलीमा भएको थियो ।
कार्यक्रममा विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी, सदस्य मदन कार्की, राखेपअन्तर्गत कानून शाखाका प्रमुख नारायणराज अर्याल र विश्वविद्यालय खेलकुद संघ नेपालअन्तर्गत टेबलटेनिसका संयोजक कुवेर सिंहको उपस्थिति थियो । कोरोनो भाइरस (कोभिड– १९) का कारण थोरैको उपस्थितिमा कार्यक्रम गरिएको महासचिव बोहराले बताए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373