Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

राखेप र कीर्तिपुर नगरपालिकाबीच सम्झौता


काठमाडौं, पुस १ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कीर्तिपुर नगरपालिको नयाँबजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोगचलनका लागि बुधबार हस्तान्तरण गरेको छ । राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्दै हस्तान्तरण गरिएको हो ।
राखेपले राज्यको लगानीमा निर्माण गरेको कभर्डहल नगरपालिकालाई सञ्चालन तथा व्यवस्थापन गर्न दिने, राखेपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, प्रशिक्षण, सेमिनार गोष्ठी गर्नु पर्ने भएमा नगरपालिकालाई पूर्व जानकारी गराउनु पर्ने र नगरपालिकाले स्वीकृति दिनु पर्ने सम्झौता भएको छ । कभर्डहलमा प्रयोग हुने टेलिफोन, खानेपानी, सुरक्षा व्यवस्था तथा त्यसको महशुल खर्चलगायत अन्य आवश्यक मर्मत सम्भारको खर्च नगरपालिकाले व्यहोर्नु पर्ने छ । नगरपालिकाले आवश्यक तथा माग अनुसार खेलकुद प्रतियोगिता, प्रशिक्षण र खेल गतिविधि सञ्चालन गर्न सक्ने, कभर्डहल सञ्चालन तथा व्यवस्थापन गर्ने क्रममा कुनै विवाद भए आपसी सहमतिमा मिलाउने तथा विवाद मिलाउन असफल भएमा प्रचलित नेपाल कानुन बमोजिम हुने तथा सम्झौतामा उल्लेख भएका शर्त बाहेक प्रचलित नेपाल कानुनमा भएका व्यवस्था परिपालना दुवै पक्षले गर्नु पर्ने सम्झौतामा उल्लेख छ ।
२०७५ साल भदौ १ गतेदेखि निर्माण सुरु भएको कभर्डहल ३ करोड २ लाख ३० हजार १ सय २२ रुपैयाँ लागतमा बनेको हो । २०७६ साल कात्तिक ३० गते निर्माण सम्पन्न भएको कभर्डहल ५ सय दर्शक क्षमताको छ ।
कभर्डहलमा बास्केटबल, भलिबल, टेबलटेनिस, मार्सल आर्ट्स, जुडोलगायत इन्डोर खेल खेल्न सकिने छ । १३ औं सागमा यस कभर्डहलमा फेन्सिङ र खो खो खेल भएको थियो ।
सदस्य–सचिव सिलवालले कभर्डहलले स्थानिय खेलाडीलाई आफ्नो प्रतिभालाई अझ तिखार्न महत्वपूर्ण अवसर दिने बताउदै नगरपालिका र नगरवासीले कभर्डहलको भरपुर सदुयोग गर्ने विश्वास व्यक्त गरे ।
मेयर महर्जनले कीर्तिपुरलाई खेलकुदको केन्द्र बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउदै कभर्डहलबाट विशेषगरी नगरका खेलाडी लाभान्वित हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा राखेपअन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, कानुन शाखा प्रमुख नारायणराज अर्याल, पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर राजु श्रेष्ठलगायतको उपस्थिति थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464