राखेप र कृषि बिकास बैंकबीच सहकार्य गर्ने सम्झौता

राष्ट्रिय खेलकुद परिषद्(राखेप) र कृषि बिकास बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायबीच मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे । दश बर्षे सम्झौता पत्र आदन प्रदान गदै सदस्य सचिव सिलवालले भने ‘सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको छ, यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्छ । बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तरर्गत छुट्याएकोे बजेटको २५ प्रतिशत रकम मात्र खेलकुदमा लगानी गर्न सके महत्वपूर्ण योगदान हुनेछ । लगानी गरे परिणाम आउछ, नेपाली खेलकुद रिजल्ट दिन सक्षम छ, हामी परिणाम दिएर राष्ट्रको गौरब बढाउछौं, लगानीमा हामीलाई साथ दिनुहोस् ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली खेलकुदसँग प्रत्यक्ष रुपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको बताए । उनले नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्याउने उद्देश्यले सहकार्यका लागि अगाडि बढेका बताए । प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बिगतलाई स्मरण गराउदै भने – भलिबलका १० जना राष्ट्रिय खेलाडीलाई संस्थामा आवद्ध गरेर खेलकुदमा संलग्नता गरेको हाम्रो संस्था पूनः खेलकुदसँग जोडिएको छ । अवश्य पनि नतिजा फलदाय हुने छ । उनले थपे –केन्द्रमा मात्र होईन्, जिल्ला प्रदेशमा रहेको हाम्रो संस्थाको माध्यमले पालिका सम्म सहकार्य गर्न सकिन्छ ।
दश बर्षको लागि भएको सम्झौतामा ५ बर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीलाई बिना धितो १५ लाख सम्मको तलबी खाता कर्जा उपलब्ध गराउने उल्लेख छ । जसमध्ये चभखयखिष्लन प्रकृतिको कर्जा सिमा अधिकतम ५ लाख हुनेछ । परिषद्ले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा तोकिएको दरमा ५० प्रतिशत छुट दिनेछ ।
खेलकुदको विकास र विस्तारका लागि केन्द्र देखि पालिका सम्म सहमति अनुसार खेल गतिबिधिमा सहकार्य गर्न सकिने छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर परिषद्लाई भौतिक सामाग्री उपलब्ध गराउन सक्नेछ । परिषद्ले संचालन गरेका कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिन सक्नेछ । बैंकले छपाई गरेको टिकटमा संस्थाको ब्यवसायिक सन्देश राखिनेछ । बैंकिङ कारोवारका लािग बैंकले परिषद्को बैंकिङ पार्टनर भई कार्य गर्ने छ ।
सम्झौतामा पत्रको साक्षीको रुपमा परिषद्को तर्फबाट बिभागिय प्रमुख कुलवहादुर थापा रहेका छन् । सो अवसरमा राखेपका सदस्यद्धय सुवास श्रेष्ठ र सम्पन्न श्रेष्ठ, परिषद्का बिभागिय प्रमुख, शाखा प्रमुख, राखेप कर्मचारी संघ, बैंकका बरिष्ट अधिकृतलगायतको उपस्थिति रहेको थियो । सम्झोता आजकै मिति देखि १० बर्षका लागि लागू हुने छ । बैंक र परिषद्बीच व्यावसायिक सहकार्य गर्नु सम्झौताको मुल उद्देश्य रहेको छ । यो सम्झौताका बिषय बस्तु नेपाल सरकारले जारी गरेको र भविष्यमा जारी हुने कानुन बमोजिम हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373