राखेप र ताइवानबीच सम्झौता

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय ताइवान खेलकुद विश्वविद्यालयबीच खेलकुद सम्बन्धी विभिन्न पक्षमा सम्झौता भएको छ ।
विश्वविद्यालयले नेपाली खेलाडीलाई ताइवानमा खेलकुद सम्बन्धी अध्ययनका लागि व्यवस्था मिलाइ दिने, तालिमको प्रबन्ध मिलाने, ताइवानबाट विशेषज्ञ नेपाल आएर तालिम दिनेलगायतका विषयमा सम्झौता भएको राखेपका सदस्य फत्तबहादुर गुरुङले जनाएका छन् ।
ताइवानमा भएको सम्झौतमा सदस्य गुरुङ र विश्वविद्यालयबाट अध्यक्ष डा. चिन सुङ काउले हस्ताक्षर गरेका थिए । सदस्य गुरुङले शुक्रबार सो सम्झौता पत्र राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई हस्तान्तरण गरे । सोही अवसरमा सदस्य गुरुङले विश्वविद्यालयले राखेपलाई पठाएको मायाको चिनो पनि सदस्य–सचिव विष्टलाई हस्तान्तरण गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420