Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

राखेप र निप्पोनबीच सम्झौता

काठमाडौं, असार ९ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र जापानको टोकियोस्थित विश्वको उत्कृष्ट श्रेणीहरुमा पर्ने निप्पोन स्पोर्ट सायन्स युनिभर्सिटीबीच खेलकुदमा सहयोग आदान–प्रदान गर्ने विविध पक्षमा सम्झौता भएको छ ।
सो कार्यका लागि जापान गएका राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र युनिभर्सिटीका अध्यक्ष रियोसो तानीगामा ९च्थयकजय त्बलष्नबmब० बीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।
१२५ वर्ष पुरानो इतिहास बोकेको युनिभर्सिटीसंग खेलाडी, प्रशिक्षक, विज्ञलगायत सहयोग आदान–प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको बिहीबार स्वदेश फर्किएका सदस्य–सचिव विष्टले जानकारी गराए ।
‘विशेष गरी हामीलाई आवश्यक परेको खण्डमा विज्ञ समेत उपलब्ध गराइ दिने सहमति भएको छ । समझदारी पत्र अनुसार सम्झौता तीन वर्षका लागि भएको हो ।’– सदस्य–सचिव विष्टले भने ।
सदस्य–सचिव विष्टका अनुसार त्यसबेला युनिभर्सिटीको १२५ वर्षगाँठ मनाउने कार्यक्रम पनि रहेकाले कार्यक्रममा विभिन्न १४ देशका खेल निकायका प्रतिनिधि सहभागी थिए ।
भ्रमणकै दौरान सदस्य–सचिव विष्ट र जाइकाको मुख्यालयका पदाधिकारीबीच पनि भेटवार्ता भएको थियो । त्यसक्रममा जाइकाले विगतमा नेपालमा पठाउने स्वयंसेवक प्रशिक्षकको संख्यामा बृद्धि गर्न सकिने जाइकाका उप–निर्देशक यागो नओको ९थ्बनय ल्बयजय० ले प्रतिबद्धता जनाएका थिए ।
त्यस्तै भूकम्पले क्षति पु¥याएको भौतिक संरचना बनाइ दिने सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपालस्थित जापान राजदूतावासमा प्रस्ताव राखेमा प्रकृया सुरु गरिदिने जाइकाका प्रतिनिधिले प्रतिबद्धता जनाएको सदस्य–सचिव विष्टले जानकारी गराए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464