राखेप र निप्पोनबीच सम्झौता
काठमाडौं, असार ९ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र जापानको टोकियोस्थित विश्वको उत्कृष्ट श्रेणीहरुमा पर्ने निप्पोन स्पोर्ट सायन्स युनिभर्सिटीबीच खेलकुदमा सहयोग आदान–प्रदान गर्ने विविध पक्षमा सम्झौता भएको छ ।
सो कार्यका लागि जापान गएका राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र युनिभर्सिटीका अध्यक्ष रियोसो तानीगामा ९च्थयकजय त्बलष्नबmब० बीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।
१२५ वर्ष पुरानो इतिहास बोकेको युनिभर्सिटीसंग खेलाडी, प्रशिक्षक, विज्ञलगायत सहयोग आदान–प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको बिहीबार स्वदेश फर्किएका सदस्य–सचिव विष्टले जानकारी गराए ।
‘विशेष गरी हामीलाई आवश्यक परेको खण्डमा विज्ञ समेत उपलब्ध गराइ दिने सहमति भएको छ । समझदारी पत्र अनुसार सम्झौता तीन वर्षका लागि भएको हो ।’– सदस्य–सचिव विष्टले भने ।
सदस्य–सचिव विष्टका अनुसार त्यसबेला युनिभर्सिटीको १२५ वर्षगाँठ मनाउने कार्यक्रम पनि रहेकाले कार्यक्रममा विभिन्न १४ देशका खेल निकायका प्रतिनिधि सहभागी थिए ।
भ्रमणकै दौरान सदस्य–सचिव विष्ट र जाइकाको मुख्यालयका पदाधिकारीबीच पनि भेटवार्ता भएको थियो । त्यसक्रममा जाइकाले विगतमा नेपालमा पठाउने स्वयंसेवक प्रशिक्षकको संख्यामा बृद्धि गर्न सकिने जाइकाका उप–निर्देशक यागो नओको ९थ्बनय ल्बयजय० ले प्रतिबद्धता जनाएका थिए ।
त्यस्तै भूकम्पले क्षति पु¥याएको भौतिक संरचना बनाइ दिने सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपालस्थित जापान राजदूतावासमा प्रस्ताव राखेमा प्रकृया सुरु गरिदिने जाइकाका प्रतिनिधिले प्रतिबद्धता जनाएको सदस्य–सचिव विष्टले जानकारी गराए ।
फेसबुक प्रतिक्रिया