Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

राखेप र राष्ट्रिय खेल संघको क्यालेन्डर सार्वजनिक

काठमाडौं, जेठ २२ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ ज्युले राखेप र राष्ट्रिय खेल संघको आ.व. २०८१/०८२ को क्यालेन्डर मंगलबार सार्वजनिक गर्नु भएको छ। राखेपको ११ कार्यक्रम, ३५ राष्ट्रिय खेल संघको ६८ अन्तर्राष्ट्रिय कार्यक्रम तथा ४१ राष्ट्रिय खेल संघको १ सय २२ राष्ट्रिय कार्यक्रम सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका सम्पूर्ण कार्यक्रम राखेपको वेभसाइटमा पनि राखिएको छ ।
सो अवसरमा मन्त्री श्रेष्ठले आफ्नो पहिलो निर्णय कार्यन्वयन भएकोमा खुशी व्यक्त गर्दै राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र सारोकारवाला सबैलाई धन्यवाद दिनु भएको छ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले वार्षिक क्यालेन्डरले कुनैपनि संस्थाको गतिविधिलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताउदै कार्यन्वयन पक्षमा पनि जोड दिनु पर्ने आवश्यकता औलाउनु भएको छ।
सदस्य–सचिव टंकलाल घिसिङले वार्षिक कार्यक्रमसंगै राखेपले पूर्वाधारको विवरण पनि सार्वनजिक गर्ने बताउनु हुँदै क्रमैसंग अन्य राष्ट्रिय खेल संघको पनि कार्यक्रम सार्वजनिक गर्ने बताउनु भयो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464