राखेप हाताको सरसफाइ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत सामान्य प्रशासन शाखाले राखेप हाताको शुक्रबार सरसफाइ गरेको छ ।
श्री सिग्नल तथा सूचना निर्देशनालय तोपखाना व्यारेक, त्रिपुरेश्वरका ५१ सदस्यीय सैनिक टोली र काठमाडौं महानगरपालिकाको सहयोगमा आयोजित सरसफाइ कार्यक्रममा राखेपका निमित्त सदस्य–सचिव सुरेन्द्रबहादुर हमाल, राखेपका सदस्य एवं सामान्य प्रशासन शाखाका संयोजक देवकुमार अधिकारी, सामान्य प्रशासन शाखाका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
सामान्य प्रशासन शाखाले सरसफाइमा सहयोग पु¥याएवापत सैनिक टोली र महानगरपालिकालाई धन्यवादज्ञापन गरेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309