राजन र दीपक फाइनलमा

राजन लामा र दीपक थापा प्रथम दशैं कप स्नुकर प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
सुन्धारास्थित एक्सक्लुसिभ स्नुकर क्लबमा भएको ‘बेस्ट अफ नाइन’ को सेमिफाइनलमा राजनले जिमी लामालाई ४९–३०, ११–९०, ८६–२१, १०३–२१, ८९–१३ र ८६–३६ को फ्रेममा पराजित गरे । अर्को सेमिफाइनलमा दीपकले सञ्जय मुल्मीलाई ५१–३७, १६–१०७, २७–८, ४१–६८, ४५–५५, ५५–४५, ६७–४४ र ७५–३२ ले हराए ।
फाइनल शुक्रबार हुनेछ । विजेताले ५० हजार र दोश्रो हुनेले २० हजार नगद पुरस्कार पाउने छन् । तेश्रो हुने दुई खेलाडीलाई समान ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309