रामचन्द्र र गोपाल पहिलो

रामचन्द्र काफ्ले र गोपाल मोक्तान पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा शनिबार पहिलो भएका छन् । रामचन्द्र शारीरिक अपाङ्गको एम्पुटी तथा गोपाल कुष्ट रोग प्रभाविततर्फ पहिलो भएका हुन् ।

राष्ट्रिय पारा साइक्लिङ संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको शारीरिक अपाङ्गको एम्पुटीतर्फ सुजन भण्डारी दोश्रो तथा कृष्ण गुरुङ तेश्रो भए । कुष्ट रोग प्रभावितमा बाबुलाल शरणले रजत तथा विनोद गैरेले कांस्य जिते ।

विजेतालाई नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, राष्ट्रिय पारा साइक्लिङ संघका अध्यक्ष प्रकाश चिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मण्डिखाटारमा भएको एकदिने प्रतियोगितामा १६ प्रतिस्पर्धी सहभागी थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373