Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

राष्ट्रपतिद्वारा पारा साइकल यात्रीको बिदाइ

साइकल यात्रामार्फत विश्वको विभिन्न ५० राष्ट्र पुगिसकेका पारा साइकल यात्री कालिकाप्रसाद भण्डारीको अर्को यात्राका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक कार्यक्रमबीच बिदाइ गरिन् । महाराजगन्जस्थित शितल निवासमा राष्ट्रपति भण्डारीले कालिकालाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरिन् ।
कालिाका पुनः आफ्नो साइकल यात्रा अमेरिकाको टेक्सास्बाट सुरु गर्दैछन् । त्यसका लागि उनी दशैंको टीकाको दिन अमेरिका प्रस्थान गर्दैछन् । प्रारम्भमा उनले यात्रा सुरु गर्दा विदेशीभूमिका रुपमा पहिलो पटक भारत पुगेका थिए । त्यसपछि विभिन्न राष्ट्र हुँदै ५० राष्ट्र यात्रा गर्ने क्रममा उनले अमेरिकाको टेक्सास्मा पहिलो चरणको यात्रालाई पूर्णविराम लगाएका थिए । अब उनले पुनः टेक्सास्बाट यात्रा प्रारम्भ गर्ने छन् । टेक्सास्बाट उनी मेक्सिोतर्फ लाग्ने छन् । मेक्सिको हुँदै विभिन्न १७ राष्ट्रको यात्रा गरिसकेपछि अन्तार्तिका पुगेर यात्रा समाप्त गर्ने लक्ष्य उनको छ ।
५० राष्ट्रको यात्रा गर्दा १३ हजार किलोमिटर दूरी तय गरेको कालिकाले बताए । त्यसक्रममा करिब ३ करोड रुपैयाँ खर्च भइसकेको उनको दाबी छ । नेपाली साथीभाइ, एनआरएन, अपाङका संघ संस्थालगायतबाट खर्चको जोहो गरेको उनले जानकारी गराए । अबको यात्रामा करिब २२ लाख खर्च हुने उनको अनुमान छ ।
तनहुँको पर्कोट गाविस ९ निवासी ४९ वर्षिय कालिका ८ वर्षको छँदा खेल्ने क्रममा देब्रे खुट्टामा चोट लागेको थियो । घरेलु पारा खेलकुदमा सहभागिता जनाइसकेका कालिका नेपाल पारा ओलम्पिक कमिटीका संस्थापक कोषाध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघको पनि कोषाध्यक्ष थिए । ‘अपाङ्ग अधिकार तथा विश्व शान्ति’ उद्देश्यसाथ यात्रा थालेका कालिकाले २०१० बाट साइकल यात्रा सुरु गरेका हुन् ।
बिदाइ कार्यक्रममा राष्ट्रपति भण्डारीले कालिकाको यात्राको विविध पक्ष बारे रुचीपूर्वक जानकारी लिएकी थिइन् । बिदाइका अवसरमा पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, महासचिव कुमार पौडेल र कोषाध्यक्ष ढुण्डिराज चालिसे उपस्थित थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464