राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बिदाइ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधबार बिदाइ गरिएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे ।
कार्यक्रम उपत्यकाका ३ सहित २१ जिल्लामा सञ्चालन गरिने छ । काठमाडौं, ललिपतुर, भक्तपुर, इलाम, ओखलढुंगा, भोजपुर, सिराहा, सर्लाही, रामेछाप, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, तनहुँ, कास्की, कपिलवस्तु, बाँके, जुम्ला, सुर्खेत, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा कार्यक्रम हुनेछ । कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत करिब ४ हजार छात्राको सहभागिता रहने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् ।
प्रशिक्षार्थीहरुलाई नेपाल केआईएफ कुरोदय संघ र नेपाल मार्सल सेल्फ डिफेन्स संघले आत्मरक्षा सम्बन्धी तालिम दिने छन् । फुटबल, भलिबल, तेक्वान्दो, कराते र रग्बी खेलको प्रशिक्षण पनि दिइने छ । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का विज्ञहरुले मनोविज्ञान सम्बन्धी प्रशिक्षण दिने छन् । कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373