राष्ट्रपति रनिङ सिल्ड सुरु

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा १२ औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।
पहिलो दिन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्र कबड्डीमा काठमाडौं महानगरपालिका, तार्केश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिकाले जित हात पारे ।
सोही स्पर्धाको छात्रामा काठमाडौं महानगरपालिका, तार्केश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाले सफलता पाए ।
भलिबलको छात्रमा काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र तार्केश्वर नगरपालिका विजयी भए । उक्त स्पर्धाको छात्रामा कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाले जित हात पारेका छन् । प्रतियोगिताको आयोजक समितिका अध्यक्ष गणेशलाल कक्षपतिले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373