Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

राष्ट्रिय जुडोमा इन्द्र र निर्मला उत्कृष्ट खेलाडी

नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र लुम्बिनी प्रदेशकी निर्मला कुँवर अठारौं राष्ट्रिय जुडो प्रतियोगितामा बिहीबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका इन्द्रले पुरुष ६६ केजीमुनि स्वर्ण तथा निर्मलाले महिला ६३ केजीमुनि कांस्य जिते ।
नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएको  थियो । पहिलो दिन पनि ७ स्पर्धाको फाइनल भएको थियो ।
पुरुष ८१ केजीमुनि सुदूरपश्चिम प्रदेशका योगेन्द्र विष्टले स्वर्ण जिते । उनले फाइनलमा नेपाल एपीएफ क्लबका सुजन तामाङलाई पराजित गरे । नेपाल आर्मीका जंगबहादुर सारु र प्रहरीका मधु रोका मगर तेश्रो भए । ९० केजीमुनि प्रहरीका मनीष महतो पहिलो भए । उनले फाइनलमा आर्मीका राजेश थापा मगरलाई हराए । एपीएफका लेलिन डंगोल र बागमती प्रदेशका रामभक्त तामाङले कांस्य जिते । १०० केजीमुनि प्रहरीका श्रीराम मकाजुले फाइनलमा मधेश प्रदेशका हिमान्शु गुप्तालाई पाखा लगाउदै शीर्ष स्थान हात पारे । बागमतीका आकाश आले मगर तेश्रो स्थानमा रहे । १०० केजीमाथि आर्मीका रन्जेश गोलेले बाजी मारे । उनले फाइनलमा प्रहरीका राजन जोशीलाई निराश पारे । कर्णाली प्रदेशका निश्चल राइ तेश्रो बने ।
नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको महिला ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो भइन् । फाइनलमा पुनमले प्रहरीकी रजनी मगरलाई पन्छाइन् । बागमतीकी रञ्जना खड्का तेश्रो बनिन् । ७८ केजीमुनि प्रहरीकी दीपा गुरुङले फाइनलमा कर्णालीकी पुर्णिमा चौधरीको चुनौती समाप्त पार्दै शीर्ष स्थान कब्जा गरिन् । आर्मीकी निर्मला घर्ती मगरले कांस्य हात पारिन् । ७८ केजीमाथि आर्मीकी आकृति जोशीले प्रहरीकी पूजा राजवंशीमाथि जित दर्ता गर्दै स्वर्ण चुमिन् । कर्णालीकी दिपिका अछाजु तेश्रो भइन् ।
प्रतियोगितामा समावेश विभिन्न १४ स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडी असोज ६ गतेदेखि चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि प्रारम्भिक छनोट गरिएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । दुईदिने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ६४ पुरुष र ५२ महिला गरी १ सय १६ खेलाडी सहभागी थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464