राष्ट्रिय तेक्वान्दो इन्डोनेसिया प्रस्थान

इन्डोनेसियाको जकारता टिमुरमा सन् २०१६ नोभेम्बर २६ देखि २७ सम्म हुन गइरहेको तेक्वान्दो इन्डोनेसिया डेल्टा कप २०१६ को लागि राष्ट्रिय तेक्वान्दो संघ–नेपालको ६ सदस्य टोली इन्डोनेसिया प्रस्थान ।
संघका अध्यक्ष शिव कोइरालाले खेलाडी तथा अफिसियललाई संघको केन्द्रीय कार्यालयमा एक कार्यक्रम बिच विदाई गर्नुभयो । टोलीको नेतृत्व संघका महासचिव राज कुमार कार्कीले गर्नुहुनेछ र टिम कोच तथा व्यवस्थापकको जिम्मेवारी सोविन राज रेग्मीले गर्नुहुनेछ ।
क्योरुगी तर्फ खेलाडीहरु कृष्ण थापा (६८–७४ के.जी), दयासागर कलवार (६३–६८ के.जी), सुमित तामाङ्ग (४५ के.जी) र समिर थापा (३३–३७ के.जी) रहेका छन् साथै सबै खेलाडीहरुले कालो पेटी पुम्से प्रतिस्पर्धामा पनि सहभागिता जनाउने छन् ।
संघका अध्यक्षले खेलाडीहरुको मनोबल बृद्धि गराउँदै राष्ट्रको शिर उच्च राख्न प्रतियोगिताको लागि अग्रिम शुभकामना दिनुभयो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309