राष्ट्रिय रग्वी प्रशिक्षक कोर्ष सुरु
नेपाल रग्वी संघको वार्षिक कार्यक्रम अनुसार यस खेलको विकास विस्तार गर्ने र जिल्ला जिल्लामा यस खेलका क्लवहरुलाई सशक्त र सकृय वनाउने र आगामी असोजमा हुने क्लव स्तरको राष्ट्रिय प्रतियोगिता गरिने भएकोले ति जिल्लामा रहेका क्लवका खेलाडीहरुलाई उन्नत स्तरको खेल प्रशिक्षण गराई खेलको प्राविधिक प्रशिक्षण दिने उद्धेश्यका साथ यो प्रशिक्षण प्रदान गरिएको हो । सो कोर्षमा १० जिल्लाका २५ जना प्रशिक्षक हरुले ३ दिनसम्म प्रशिक्षण लिने छन । सो कोर्षको प्रशिक्षण संघका प्राविधिक कमिटिका सह संयोजक गोपाल क्षेत्री, संघका सचिव एवं प्रशिक्षक गोविन्द घिमिरे, न्क्ष्च् ःबलबनभच तथा प्रशिक्षक एवं रेफ्री टंकराज गिरी, प्रशिक्षक हरी वहादुर लामा,तथा प्रशिक्षक विनोद तामाङ्गले ३ दिन सम्म विभिन्न विषयमा प्रशिक्षण दिनुहुनेछ । सो कार्यक्रम वारे संघका महासचिव चेतनराज गिरीले गर्नुभएको थियो ।
सो कार्यक्रममा संघका पदाधिकारी एवं विभिन्न जिल्ला संघका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । सो कार्यक्रमको उद्घाटन संघका अध्यक्ष टंकलाल घिसिङ्गले वल हस्तान्तर गरेर गर्नुभएको थियो ।
फेसबुक प्रतिक्रिया