रिडीमा ब्याडमिन्टन कभर्डहल निर्माण सम्पन्न
गुल्मीका ८४ वर्षीय गुरुप्रसाद ज्ञवालीको नेतृत्वमा गुल्मीको रुरु क्षेत्र गाउँपालिकास्थित रिडीमा ब्याडमिन्टन कभर्डहल निर्माण सम्पन्न भएको छ । २०८० साल पुस ५ गते निर्माण कार्य सुरु भएको कभर्डलको निर्माण कार्य २०८१ साल जेठ ५ गते सम्पन्न भएको थियो । गुरुप्रसाद ज्ञवालीको अध्यक्षतामा निर्माणाधीन रुरु कभर्डहल उपभोक्ता समिति गठन गरिएको थियो ।
गुरुप्रसाद ज्ञवालीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई आज भेट गरी कभर्डहलको अवस्था बारे जानकारी गराउनु भयो । कभर्डहल राखेपको सहयोगमा बनेको हो ।
फेसबुक प्रतिक्रिया