Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

रियो जुडो टोलीको बिदाइ

ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ अन्तर्गत जुडोमा सहभागी हुने नेपाली टोलीलाई नेपाल जुडो संघले शुक्रबार बिदाइ गरेको छ ।
महिला ६३ केजीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुपुल्हामु खत्रीले नेपालको चुनौती पेश गर्नेछिन् । बेइजिङ ओलम्पिक– २००८ मा प्रतिस्पर्धा गरेकी देबु थापा प्रशिक्षकको जिम्मेवारीमा छिन् । अफिसियलमा जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य रहेका छन् ।
टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिदै नेपाली रियो टोलीका सेभ दि मिसन समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव केशवकुमार बिष्टले राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरे ।
बिदाइपछि जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ तथा कोषाध्यक्ष विपिन श्रेष्ठले फुपु र देबुलाई ब्याग, ट्रयाकसुट, जुत्ता र टिसर्ट हस्तान्तरण गरेका थिए ।
अगष्ट ५ देखि २१ तारिखसम्म सञ्चालन हुने रियो ओलम्पिकको जुडो ६ देखि १२ तारिखसम्म सञ्चालन हुनेछ । फुपुले ९ तारिखमा खेल्नेछिन् । टोली आइतबार रियो प्रस्थान गर्दैछ । अध्यक्ष वज्राचार्यले एक बाउट पूरा समय (५ मिनेट) खेले खेलाडीलाई नगद २५ हजार र प्रशिक्षकलाई १० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरे । त्यस्तै प्रत्येक बाउट जिते खेलाडीलाई ५० हजार र प्रशिक्षकलाई २५ हजार प्रदान गर्ने बताइएको छ ।
यसअघि सोही टोलीलाई सामाखुशीस्थित लिङकन कलेजले पनि बिदाइ गरेको थियो । लिङकनका अध्यक्ष विष्णुराज पौडेल, प्रिन्सिपल प्रकाश शर्मा घिमिरे तथा प्रशासन प्रमुख विशाल थापाले फुपु र देबुलाई ट्रयाकसुट र जुत्ता प्रदान गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464