रेन्बुकाइमा लामा निर्विरोध

नेपाल रेन्बुकाइ कराते डो संघको दोश्रो साधारण सभाले रेशम लाल लामा (तामाङ) को अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । लामा अघिल्लो कार्य समितिमा महासचिव थिए ।
प्रेमलाल बोम्जनले सह–अध्यक्ष, कमलराज लामाले वरिष्ठ उपाध्यक्ष, शिवबहादुर बस्नेतले उपाध्यक्ष, बुद्धवीर लामाले महासचिव, डिलकुमारी नेपालले सचिव तथा सुस्मिता गुरुङले कोषाध्यक्षको जिम्मेवारी पाए । युद्धलामा, रमेश तामाङ, दशरथ चन्द, रामप्रसाद खनाल, शेशुका राई तथा हीरादेवी राई सदस्यमा चयन भए ।
अनिता परियार र गणेश विक उपाध्यक्ष तथा गोविन्द कुमार महर, पेमा तामाङ, तिलक भण्डारी, जित कुमारी घर्ती मगर र आशिष आले मगर सदस्यमा मनोनित भएको नवनिर्वाचित अध्यक्ष लामाले जनाएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373