Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

रोकाया गजराज जोशी आदर्श व्यक्तित्वबाट सम्मानित

गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी आदर्श खेल ब्यक्तित्व अवार्डबाट मंगलबार सम्मानित भएका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले रसियन कल्चर सेन्टरमा आयोजना गरेको वर्षका उत्कृष्ट खेलाडी अवार्ड वितरण कार्यक्रममा तीन पटक एभरेष्ट म्याराथन विजेता रोकायालाई सम्मान गरिएको हो ।
रोकायालाई पूर्व अर्थमन्त्री शंकर कोइरालाले सम्मान पत्र र फाउन्डेसनका अध्यक्ष मनीष जोशीले नगद २५ हजार प्रदान गरी सम्मान गरे । गजराज नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली खेलाडी हुन् । उनले भारतको नयाँ दिल्लीमा १९५१ पहिलो पहिलो एसियाली खेलकुदको एथलेटिक्सतर्फ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । विशेष गरी खेलाडीलाई प्रोत्साहन गर्ने कार्यमा सक्रिय फाउन्डेसन उनैको नाममा उनका छोरा मनीषले स्थापना गरेका हुन् ।
सोही अवसरमा १२ औं सागमा समावेश खेलहरुलाई आधार मानी सम्बन्धित खेलका राष्ट्रिय संघहरुले सिफारिस गरेका २२ खेलाडीहरुलाई पनि खेलाडी संघले सम्मान ग¥यो ।
सम्मानित हुने खेलाडीमा भारोत्तोलनका विकास थापा, फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी, तेक्वान्दोका वीर बहादुर महरा, कुस्तीका सरोज यादव, आर्चरीका प्रेमप्रसाद पुन, स्क्वासका अरहान्तकेशर सिंह, बक्सिङ्गकी सरस्वती राना, ब्याडमिन्टनकी नङ्गशलदेवी तामाङ्ग, जुडोकी फुपुल्हामु खत्री, सुटिङ्गकी स्नेहाराज्यलक्ष्मी राणा, साइक्लिङ्गका अजय पण्डित, ट्राईयाथलनकी रोजा के.सी., कबड्डीकी शान्ति मल्ल, लनटेनिसका अभिषेक बाँस्तोला रहेका छन् । यस्तै हक्कीकी कुश्मा राना मगर, खोखोकी अर्पणाकुमारी महतो, पौडीकी गौरिका सिंह, उसुकी नीमा घर्ती मगर, टेबलटेनिसका दीप साउन, ह्याण्डबलकी रञ्जना राई र एथलेटिक्सका हरिकुमार रिमाल पनि सम्मानित भए ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले जनही १० हजार नगद प्रदान गरी सम्मान गरे । उसुकी निमालाई गायक हेमन्त रानाले छुट्टै १० हजार नगद प्रदान गरे । राना आफै पनि उसु खेलाडी भएकाले निमालाई सम्मान गरिएको हो ।
कार्यक्रममा हेमन्तसहित योगेश्वर अमात्यले गीत प्रस्तुत गरेका थिए भने हांस्य कलाकार सन्दिप क्षेत्रीले व्यङ्गयात्मक प्रस्तुतीबाट उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464