रोलबल टोलीलाई बिदाई

मित्र राष्ट्र भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रथम आईपिएल आरएस अल ईन्डिया तथा तेश्रो अल ईन्डिया गोल्ड रिङक रेस रोलर स्केटिङ्ग च्याम्पियनसिप २०१७ मा सहभागी हुन जाने नेपाली रोलबल टोलीलाई मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य माननिय सांसद कल्पना चौधरीले बिहिबार एक कार्यक्रमविच त्रिपुरेश्वरस्थित सेमी–कभर्डहलमा शुभकामना सहित बिदाई गरिन् ।
चैत्र १२ र १३ गते हुने च्याप्यिनसिपमा सहभागी हुन जाने १६ सदस्य नेपाली रोलबल टोलीमा टिम ब्यवस्थापकमा डिकेश प्रदान र प्रशिक्षकमा सजीव महर्जन रहेका छन् । यस्तै खेलाडीहरुमा बिदुग श्रेष्ठ, हिमकार सिंह, कृपाल गिरी, गौरव घिमिरे, श्रियासं श्रेष्ठ, उत्कृष्ट प्रताप सेन, अंशल श्रेष्ठ, शाहिल मारिखु, श्रयान कायस्थ, सौहार्द श्रेष्ठ, अनरस तिमल्सिना, बिकल्प तिमल्सिना, करुण्य प्रताप शाह र मेनला कुमार गुरुङ्ग रहेका छन् ।
विदाई कार्यक्रममा नेपाल बुदोकैदो संघका अध्यक्ष एवं लोकतान्त्रिक फोरम खेलकुदका अध्यक्ष काजीमान श्रेष्ठ, बुदोकैदो संघका बरिष्ठ उपाध्यक्ष एवं उप–सचिव कृष्ण बहादुर के.सी., अन्तराष्ट्रिय निर्णायक एवं लोकतान्त्रिक फोरम खेलकुदका उपाध्यक्ष संजय रंजित, कराते सहायक प्रमुख प्रशिक्षक दोर्जे लामाको समेत उपस्थिती रहेको थियो ।
टोली शुक्रबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेकोछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309