रोलबल टोली भारत जाँदै

छैटौं रोलबल विश्व कपमा सहभागी हुन रोलबल टोली बिहीबार भारतको अरुणाचल प्रदेश प्रस्थान गर्ने भएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
अप्रिल २१ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष÷महिला दुवै टोली सहभागी हुनेछ । पुरुष टोलीमा अभिषेक मानन्धर (कप्तान), उज्ज्वल महर्जन, राज श्रेष्ठ, राहुल खत्री क्षेत्री, अन्शल श्रेष्ठ, विजय खनाल, विदूग श्रेष्ठ, इमोन यादव, समिप लामिछाने र सम्मान केसी रहेका छन् । महिला टोलीमा पासाङ याङ्जी शेर्पा (कप्तान), वितिशा महर्जन, प्रसीका बोहरा, रिया श्रेष्ठ, नयना शाक्य, आयुशषा बलामी, रिभा महर्जन, सुनिचा भाजु, अनुप्रिया तन्डुकार र रिती श्रेष्ठ छन् ।
नेपाल रोलबल संघका अध्यक्ष वीरकृष्ण महर्जनको नेतृत्वमा जाने टोलीको अफिसियलमा महासचिव डिकेश प्रधान, प्रशिक्षकमा सुनिल धागे, व्यवस्थापकमा शन्तबहादुर शाक्य र चिकित्शकमा मनीषकुमार शाह रहेका छन् । प्रतियोगितामा नेपालसहित २७ राष्ट्रको सहभागिता रहने रोलबल संघले जनाएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420