Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

रौतहटलाई पाखा लगाउंदै एभरेष्ट क्वाटरमा

रौतहट जिल्ला फुृटबल संघलाई टाई ब्रेकरमा ५ – ४ गोल अन्तरले हराउँदै चितवनको एभरेष्ट क्लब चौथो नेपाल कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
चितवनको क्याम्पाचौरमा भएको प्रतियोगिताको निर्धारित ९० मिनटको खेलमा दुवै तर्फबाट कुनै गोल हुन नसके पछि खेलको टुङ्गो टाई ब्रेकरबाट गरिएको थियो । राम्रो खेल प्रदर्शन गरेको रौतहटले निर्धारित समयमा थुप्रै गोलका अवसर प्राप्त गरेता त्यसलाई सदुपयोग गर्न नसके पछि प्रतियोगिताबाट बाहिरिएको छ ।
स्पोर्टस् फर अल क्लबको आयोजनामा भएको प्रतियोगितामा विजयी क्लबका लागि दिपेन्द्र ठकुरी, मनिष आले, दीपक भुजेल, बिदी मगर र देव गुरुङ्गले जाली चुमाएका थिए । रौतहटका लागि राजु गोले, सुन्दर लोपचन, रवी तामाङ र विक्रम घिमिरेले गोल गरे भने कृष्ण लामाको प्रहारलाई एभरेष्टका गोल किपर सरोज तामाङले जाली चुम्नबाट बचाए । सरोज खेलको म्यान अफ द म्याच समेत घोषित भए ।
अव एभरेष्टले क्वाटरफाइनलमा नेपाल प्रहरीको सामना गर्नेछ ।
भोलीको पहिलो खेल ब्वाईज युनियन क्लब र भरतपुर फुटबल क्लब तथा दोश्रो खेल नारायणगढ फुटबल क्लब र एनआरटी क्लबकाविच हुने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464