लन टेनिस: गण्डकी र सेनालाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लन टेनिको टिम इभेन्ट्समा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेका छन्।

पोखरा रंगशालास्थित टेनिस कोर्टमा असोज ३० गते भएको खेलमा प्रदीप खड्काको टोली गण्डकीले समग्रमा  २–१ नेपाली सेनालाई पराजित गरी विजेता बनेको हो।

पहिलो खेलमा आर्मीका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३ र ६–३ सेटमा पराजित गरे । तर दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले आर्मीका प्रनव खनालमाथि ६–३ र ७–५ सेटमा जित निकालेका थिए।

त्यसपछि प्रदीप र अनिलको जोडीले प्रनव र अकिको जोडीलाई २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेर गण्डकी च्याम्पियन बनेको हो ।

यसैगरी महिलातर्फ नेपाली सेनाले नेपाल एपिएफ क्लबलाई हराएर स्वर्ण पदक प्राप्त गर्यो। आर्मीकी अभिलाषा विष्टले एपिएफका सर्भानी श्रेष्ठलाई ७–५, १–६ र ६–१ ले, सेनाका आइरा एम रावतले सुनिरा थापालाई ६–१, १–६ र ७–५ सेटमा हरायो। पुरुषतर्फ एपिएफले कास्य पदक हात पार्यो।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309