ललितपुरमा चेस हुने

शसंभु युवा क्लबको आयोजनामा ललितपुरको लामाटार क्लबको भवनमा   शसंभु युथ क्लब खुल्ला  रेटिङ चेस प्रतियोगिता हुने  भएको छ। मंसिर २४ देखि २८ गतेसम्म हुने प्रतियोगितामा बिजेता खेलाडीलाई कुल १,३०,००००/(एक लाख तिस हजार) नगद पुरस्कार प्रदान गरिनेछ।

जस अनुसार विजेता प्रथमलाई ३५  हजार , दोस्रोलाई २५ हजार , तेस्रोलाई १२ हजार, चौथोलाई ८ हजार र पाँचौलाई ६ हजार रहेको छ भने छैटौंदेखि दशौसम्मलाई जनहि ४ हजार प्रदान गरिनेछ। त्यसैगरी विध्यालयका छात्र छात्रातर्फ उत्कृष्ट ३ जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएकोछ। अनरेटेड, भेट्रानर महिलातर्फ पनि पुरस्कारको राखिएको छ।

प्रतियोगिता संचालन गर्न कूल साढे चार लाख खर्च लाग्ने प्रतियोगितामा उपत्यका बाहिरबाट आउने खेलाडीहरुलाई आवासको व्यवस्था गरिएको छ।
स्वीश लिग प्रणालीमा नवौं चरणसम्म हुने खेलको संचालन अन्तर्राष्ट्रिय आर्बिटर बिदुर उमेश केसीले संचालन गर्नेछन्। प्रतियोगितामा  अधिराज्य भरिबाट १०० जना खेलाडीहरुको सहभागीता रहनेछ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373