ललित माल्दिभ्स जाने

ललित धिमालले माल्दिभ्सको मालेमा हुने दुई अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । दुई प्रतियोगिता असार २० देखि २४ गतेका दौरान हुनेछ ।
ललितले १३ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा प्रथम माल्दिभ्स अन्तर्राष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगितामा भाग लिन लागेका हुन् । आठौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताका ओभरअल च्याम्पियन ललितले दुवै प्रतियोगितामा पुरुष ७५ केजी तौलसमूहमा नेपाल चुनौती प्रस्तुत गर्ने छन् ।
आमन्त्रण प्रतियोगितामा शीर्ष पाँच स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ३ हजार, २ हजार, १ हजार र ५ सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन् ।
ललितसहितको ३ सदस्यीय टोली बुधबार माल्दिभ्स प्रस्थान गर्दैछ । अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका उपाध्यक्ष वकिलमान तुलाधर उदास तथा निर्णायकमा दिनेश श्रेष्ठ रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420