लेखा अधिकृत शाहको निधन

काठमाडौं, चैत १६ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका लेखा अधिकृत विकासविक्रम शाहको आइतबार निधन भएको छ । ४५ वर्षे शाहको हृदयघातका कारण निधन भएको हो ।
शाहको निधनको शोकमा आइतबारै राखेप हातामा श्रद्धाञ्जली सभा राखिएको थियो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्यहरु रिम रानाभाट, सुभाष श्रेष्ठ, हरि खड्का, सम्पन्न श्रेष्ठ, रेणुका श्रेष्ठलगायत कर्मचारीले शाहको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । शाहको शोकमा सोमबार खेलकुदका सम्पूर्ण कार्यालय बन्द रहने  छन् ।
शाह २०५३ साल असोज ४ गते लेखापाल पदमा राखेपको स्थायी सेवामा प्रवेश गरेका थिए । शाहलाई २०७० साल असोज ३१ गते लेखा अधिकृतमा विशेष बढुवा गरिएको थियो । शाहको पार्थिव शरीरलाई आइतबारै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । शाहका श्रीमति र छोरी छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373