लैनचौर टिम च्याम्पियन

लैनचौर डोजोले ११ औं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ लैनचौर टिम च्याम्पियन बन्यो ।
नेपाल सितोरियो कराते डो संघ, घन्टाघर शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै केन्द्रीय डोजो उपविजेतामा सीमित भयो । तेश्रो भएको आयोजक घन्टाघरले ४ स्वर्ण, ३ रजत र ९ कांस्य हात पा¥यो ।
पुरुषमा अर्जुनकुमार चन्द तथा महिलामा रोस्मा लामा उत्कृष्ट खेलाडी घोषित भए । दुवै आयोजक घन्टाघरका हुन् । अर्जुनले १ र रोस्माले २ स्वर्ण जिते । त्यस्तै पुरुषमा आनन्दनगर डोजोका फिन्जु शेर्पा तथा महिलामा केन्द्रीय डोजोकी रश्मिला लामा उदीयमान खेलाडी घोषित भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, राखेपका प्रेस सल्लाहकार रोहित दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा २ सय ६० खेलाडीले २२ स्वर्णका लागि प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक हरि राउतले जनाएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373