वल्र्ड च्याम्पियनसिपको लागि खेलाडी बिदाई
कोरियामा आयोजना हुने वल्र्ड हान्मादाङ्ग च्यामिपयनसिपमा प्रतिस्पर्धा गर्न जाने ४ सदस्यीय तेक्वान्दो टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले आज एक कार्यक्रमकाविच शुभकामना सहित परिषद्मा बिदाई गरे ।
तेक्वान्दोको पुम्से बिधामा प्रतिस्पर्धा गर्ने खेलाडीहरुमा महिला तर्फ स्वस्तीका तामाङ्ग र पुरुष तर्फ प्रेम बहादुर लिम्बु रहेका छन् । यस्तै टिम प्रशिक्षकमा कविराज खड्गी रहेका छन् भने टार्जन सुब्बाले रेफ्रिको भूमिका निर्वाह गर्ने छन् । च्याम्पियनसिप यही श्रावण ५ देखि ८ गते (जुलाई २१–२४, २०२३¬) सम्म संचालन हुने छ । टोली श्रावण ३ गते (जुलाई १९ तारिख) कोरिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
च्याम्पियनसिप पश्चात रेफ्रि सुब्बा नेपाल फर्कने छन् भने प्रशिक्षक र खेलाडी प्रशिक्षणका लागि मलेसिया प्रस्थान गर्ने छन् । खेलाडीहरुले श्रावण ११ गते देखि २५ गते (जुलाई २७ देखि अगष्ट १०) सम्म मलेसियामा प्रशिक्षण लिने कार्यक्रम रहेको प्रशिक्षक कविराज खड्गीले जानकारी गराए ।
फेसबुक प्रतिक्रिया