Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

वशन्त र सोनीलाई ट्रायथलन स्वर्ण

नेपाली सेनाका वशन्त थारु पुरुष तर्फ र एपिएफकी सोनी गुरुङ्गले महिला तर्फ पोखरामा जारी नवौंं राष्ट्रिय खेलकुद अन्तरगतको ट्रायथलन तर्फको स्वर्ण पदक हात पारेका छन् । १३ औं दक्षिण एशियाली खेलकुदका पदकधारी वशन्तले निर्धारित ७५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड १ घन्टा ९ मिनट ४३ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेका हुन् । थारुले स्वर्ण पदकका साथै नगद २५ हजार समेत प्राप्त गरे । दोश्रो स्थानमा सेनाकै दिपेश चौधरी रहे । उनले निर्धारित दुरी १ घन्टा १० मिनट ५ सेकेन्डमा पुरा गरे । उनले रजत पदक प्राप्त गरे । नेपाल पुलिसका मौलिक महर्जनले निर्धारित दुरी १ घन्टा १४ मिनट ५६ सेकेन्डमा पुरा गर्दै कास्य पदक प्राप्त गरे ।
यस्तै १३ औं सागकी स्वर्ण पदकधारी सोनीले निर्धारित दुरी १ घन्टा १६ मिनट २८ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितिन् । प्रथम पटक राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी पश्रेवी महर्जनले १ घण्टा १९ मिनट १५ सेकेन्ड समयका साथ पुलिसका लागि रजत पदक दिलाईन् । सेनाकी केशरी थापा मगरले निर्धारित दुरी १ घन्टा ३२ मिनट २९ सेकेन्डमा पुरा गर्दै कास्य पदक प्राप्त गरिन् ।
ट्र«ायथलन अन्तरगतको दुवाथलन बिहिबार बिहान ७ बजे हुने नेपाल ट्र«ायथलन संघले जनाएको छ । ट्र«ायथलन प्रतियोगिता अन्तरगत ट्र«ायथलन र दुवाथलनमा महिला र पुरुष गरि कुल ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464