Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

वादोरियो नेतृत्वमा हरिशरण

नेपाल वादोरियो कराते डो संघको दोश्रो चुनावी साधारणसभाले हरिशरण केसीको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन गरेको छ । २०६४ सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा वादोरियो संघ दर्ता हुँदा केसी सदस्य थिए । अघिल्लो कार्यसमितिका उपाध्यक्ष केसी वादोरियोका प्रमुख प्रशिक्षक हुन् ।
नेपाल कराते महासंघका महासचिव समेत रहेका केसीले निर्विरोध निर्वाचित भएपछि आफूलाई सुम्पिएको जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गर्ने बताउदै सबैसंग हातेमालो गरी करातेको विकास र विस्तारमा लाग्ने प्रतिबद्धता जनाए ।
नवनिर्वाचित कार्यसमितको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र गुरुङ तथा उपाध्यक्षमा यादवलाल श्रेष्ठ, ईश्वर लामा, चित्रबहादुर केसी र छत्रबहादुर बस्नेत रहेका छन् । सन्ध्या थापाले महासचिव, सन्तोष मल्लले सचिव तथा सूर्यबहादुर राईले कोषाध्यक्षको जिम्मेवारी पाए ।
शिवराम अधिकारी, सिमोन खत्री, जितबहादुर कार्की, राजेश श्रेष्ठ, मनोज केसी, दिनेशकुमार आचार्य, मनोजकुमार जिसी, विष्णुप्रसाद खनाल, कृष्णबहादुर कुँवर तथा रत्नबहादुर महर्जन सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ गराउनुका साथै प्रमाण पत्र प्रदान गरे । त्यसअघि साधारणसभाको पूर्व मन्त्री एवं माओवादी केन्द्रका सदस्य देव गुरुङले उद्घाटन गरेका थिए ।
बसुन्धारास्थित यति पार्टी प्यालेसमा भएको साधारणसभामा केन्द्रका १९, विभिन्न ३० जिल्लाबाट एकका दरले ३०, प्रशिक्षक र प्राविधिकबाट १–१ तथा अन्तर्राष्ट्रिय खेलाडी २ गरी जम्मा ५३ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन अधिकृत एवं संघ संस्था समन्वय शाखाका प्रशासकीय अधिकृत ओम न्यौपानेले जनाएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464