विकासको राष्ट्रिय कीर्तिमान

साग स्वर्णधारी विकास थापाले १९ औं एसियाली खेलकुदका लागि भएको भारोत्तोलन खेलाडी छनोट प्रतियोगितामा बिहीबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । नेपाल प्रहरीका उनले पुरुष ८१ केजीमा स्न्याचमा १२२ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको १२० केजीको कीर्तिमानमा सुधार गरेका हुन् । विकासले स्न्याचमा १२२ सहित क्लिन एन्ड जर्कमा १३५ केजी गरी कुल २५७ केजी वजन उचाल्दै पहिलो स्थान हात पारे ।
नेपाल भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगिताको पुरुष ९६ केजीमा प्रहरीका विशालसिंह विष्ट पहिलो भए । उनले स्न्याचमा १०५ केजी र क्लिन एन्ड जर्कमा १२४ केजी गरी कुल २२९ केजी तौल उठाए । १०९ केजीमुनि प्रहरीका सन्देश गुरुङले स्न्याचमा ११६ केजी र क्लिन एन्ड जर्कमा १४० केजीसहित जम्मा २५६ केजी भार उचाल्दै पहिलो भए । १०९ केजीमाथि प्रहरीका राजीव महर्जनले स्न्याचमा १२५ केजी र क्लिन एन्ड जर्कमा १५० केजी गरी जम्मा २७५ केजी वजन उचाल्दै पहिलो भए । ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो पहिलो बने । उनले स्न्याचमा ९१ केजी र क्लिन एन्ड जर्कमा ११३ केजी गरी जम्मा २०४ केजी भार वहन गरे । ६७ केजीमा प्रहरीका प्रकाश केसीले स्न्याचमा १०० केजी र क्लिन एन्ड जर्कमा १२० केजी गरी जम्मा २२० केजी तौल उचाल्दै शीर्ष स्थान हात पारे । स्न्याचमा ९६ केजी र क्लिन एन्ड जर्कमा ११८ केजी गरी जम्मा २१४ केजी तौल उचालेका आर्मीका राजु चौधरी ७३ केजी स्पर्धामा अब्बल बने ।
महिला ४९ केजीमा लुम्बिनीकी कृष्णाकला विष्ट, ५५ केजीमा आर्मीकी प्रभा थारु, ५९ केजीमा प्रहरीकी टीकामाया गुरुङ, ६४ केजीमा प्रहरीकी पूजा कुमाल, ७६ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ८७ केजीमुनि प्रहरीकी तारादेवी पुन र ८७ केजीमाथि प्रहरीकी विद्या राईले पहिलो स्थान हात पारे ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । एकदिने प्रतियोगितामा पुरुषमा २१ र महिलामा ११ खेलाडीले समान ७–७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी पहिलो चरणलाई छनोट भएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373