Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

विराटनगरमा खेलकुद अभिमुखीकरण कार्यक्रम

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम प्रदेश १ को विराटनगरमा मंगलबारदेखि सुरु भएको छ । कार्यक्रमको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
कार्यक्रममा प्रदेश १ का १६ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेता गरी १ सय ३० जनाको सहभागिता रहेको छ ।
पहिलो दिन सदस्य–सचिव सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट,युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राखेपको नयाँ ऐन र सो सम्बन्धमा जानकारी गराएका थिए । डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन, सुलोचना सिजख्वाले स्पोर्ट्स साइकोलोजी, अर्चना यादवले इनर्जी सिस्टम इन स्पोर्ट्स पर्फमेन्स र रमन नेपालीले स्पोर्ट्स मोटिभेसन बारे सहभागीलाई जानकारी गराएका थिए ।
दोश्रो तथा अन्तिम दिन बुधबार राजेन्द्ररत्न तुलाधरले कन्डिसनिङ एन्ड फिट्नेस, हिमाल दाहालले कोचेस इन ट्रेनिङ, रितामैया प्रजापतिले जेन्डर इक्विटी इन स्पोर्ट्स सोसियोलोजी र सकुना देवीले मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स बारे जानकारी दिने छन् ।
चार प्रदेश लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमतीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ । विराटनगरपछि प्रदेश २ को वीरगन्जमा माघ २९ र ३० तथा गण्डकी प्रदेशको पोखरामा फागुन २ र ३ गते अभिमुखीकरण कार्यक्रम हुने छ । कार्यक्रममा ,राखेप सदस्यद्धय हरि खड्का,रेनुका श्रेष्ठ,बिभागिय प्रखुखद्धय कुलवहादुर थापा र अर्जुन विकलगायतको उपस्थिति रहेको थियो । सम्बन्धीत स्थानिय उपभोक्त समितिका अधयक्षबीच सम्झौता भएको हो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464