Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

विशेष खेलकुदमा आनन्दलाई दोहोरो स्वर्ण

काठमाडौं फागुन १७ गते ।
लेबोरेटरी उमावि, कीर्तिपुरका आनन्द पाण्डेले २२ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगितामा मंगलबार दुई स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आनन्दले पूर्ण दृष्टिविहीनको छात्र ५० मिटर दौड र सफ्टबल थ्रोमा स्वर्ण जितेका हुन् । दौडमा लेबोरेटरीका निश्चल सिवाकोटी दोश्रो र नारायणी उमावि, चितवनका किरण पन्त तेश्रो भए । सफ्टबलमा पूर्वाञ्चल ज्ञानचक्षु, धरानका अमरदीप राई दोश्रो र जनजागृति उमावि, धादिङका दिनेशलाल श्रेष्ठ तेश्रो बने ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पूर्ण दृष्टिविहीनको छात्रा ५० मिटर दौडमा नमुना मच्छिन्द्र माविकी रुपा तामाङ पहिलो, मंगलप्रसाद उमावि, नेपालगन्जकी दौपर्दा सहकार्य दोश्रो र लेबोरेटरीकी सनिता भट्टराई तेश्रो भए ।
आंशिक दृष्टिविहीनको छात्र १ सय मिटर दौडमा ज्ञानोदय उमावि, म्याग्दीका विशाल वि.क. ले स्वर्ण, सन्जिवनी उमावि, काभ्रेका पासाङ लामाले रजत र मंगलप्रसाद उमावि, डोटीका यमजङ विष्टले कांस्य जिते । सोही स्पर्धाको छात्रामा लेबोरेटरीका मनीषा गिरी पहिलो र प्रनिशा रिजाल दोश्रो तथा सन्जिवनकी संगीता ढकाल तेश्रो भए ।
आंशिक दृष्टिविहीनको छात्रा सफ्टबल थ्रोमा मंगलप्रसाद, नेपालगन्जकी सपना चौधरी पहिलो, लेबोरेटरीकी वर्मा बुढा दोश्रो र नमुना मच्छिन्द्रकी निरुता श्रेष्ठ तेश्रो भए । पूर्ण दृष्टिविहीनको छात्रा सफ्टबल थ्रोमा नमुनाकी संगीता राई पहिलो, नारायणीकी निशा लामा दोश्रो र आदर्श उमावि, ठिमीकी सीता गुरुङ तेश्रो भए ।
प्रतियोगिताका राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।
प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ २ सय ८८ खेलाडी सहभागी छन् । त्यसमा उपत्यकाबाट १४५ र उपत्यका बाहिराबाट १४३ खेलाडीले भाग लिएका छन् । ३८ स्वर्ण, उत्तिनै रजत र कांस्यका लागि प्रतिस्पर्धा भइरहेको प्रतियोगिताको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464