Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

विशेष बिद्यालय खेलकुद फागुन तेश्रो साता

“२२ औं विशेष बिद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता –२०७३ फागुन १७ र १८ गते हुने भएको छ । प्रतियोगिताको उद्घाटन माननीय युवा तथा खेलकुद मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा बिहान ९ः०० बजे दशरथ रङ्गशालामा हुने कार्यक्रम रहेकोछ ।
एथलेटिक्स खेललाई मात्र समावेश गरिएको प्रतियोगितामा ३८ स्वर्ण पदकका लागि उपत्यका र बाहिरका गरि कुल २८८ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिता तथा योजना विभागद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ । बिज्ञप्तीका अनुसार प्रतियोगितामा ७४ अफिसियलहरुको समेत सहभागिता रहनेछ । यस बर्षको प्रतियोगितामा नेपाल दृष्टिविहिन कल्याण संघ, नेपाल अपाङ्ग संघ र बहिरा क्षेत्रका खेलाडीहरुलाई मात्र समावेश गराईने प्रतियोगिता तथा योजना विभागका निमित्त प्रमुख मिन कुमार शर्माले जानकारी गराए ।
प्रमुख शर्माका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन खेलाडीहरुले क्रमशः १५ सय, १ हजार र ५ सय नगद पुरस्कार गरि कुल १,२०,०००÷– को पुरस्कार रकमका साथै खेलाडीहरुलाई आतेजाते गाडी भाडा, ट्रयाकसुट तथा खानाको व्यवस्था समेत गरिएको छ ।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउनको लागि राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमालको संयोजकत्वमा ९ सदस्यीय प्रतियोगिता आयोजक कमिटि समेत गठन गरिएको छ । जसमा राष्ट्रिय खेलकुद परिषदकी सदस्य याम कुमारी गुरुङ्ग “अस्मीता” सह–संयोजक र सचिवमा दीपक कोईराला रहेका छन् ।
अनुमानित २५ लाखको बजेट लागत रहेको प्रतियोगिताको लागि २० लाख निकासा भईसकेको समेत प्रमुख शर्माले जानकारी गराए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464