‘विश्वास टुट्न दिने छैन’– सदस्य सचिव सिलवाल

काठमाडौं, साउन १९ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ त्यो विश्वासलाई कहिले टुट्न नदिने बताएका छन् ।
नेपाल भलिबल संघले आयोजना उनकै सम्मानमा आयोजित स्वागत तथा बधाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले भने– ‘खेलकुदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्ति गरिएको छ त्यसमा इमानदार भएर अगाडि बढ्ने छु । मलाई पुनः जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र सदस्य–सचिव सिफारिस समितिलाई धन्वाद दिन चाहन्छु । उहाँहरुको विश्वासलाई कहिले टुट्न दिने छैन ।’
सदस्य–सचिव सिलवालले राष्ट्रिय खेल भलिबलको एउटा छुट्टै कभर्डहल पनि नहुनु दुःखको कुरा भएको बताउदै आफ्नोतर्फबाट त्यसका लागि पहल सुरु भइसकेको बताए । उनले भलिबल संघलाई पनि कभर्डहल निर्माणका लागि गम्भीर भएर अगाडि बढ्न सुझाउदै अबको चार वर्षको अवधिमा खेलकुदलाई सम्मान योग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा सदस्य–सचिव सिलवालसहित राखेपका नवनियुक्त सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई पनि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्दलगायतका पदाधिकारीले बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373