Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

वीरगञ्जमा खेलकुद अभिमुखीकरण कार्यक्रम

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम प्रदेश २ को वीरगन्जमा बिहीबारदेखि सुरु भएको छ । कार्यक्रमको युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरे ।
दुईदिने कार्यक्रममा प्रदेश २ का ८ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेता गरी १ सय १० जनाको सहभागिता रहेको छ ।
अभिमुखीकरण कार्यक्रममा राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट, डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन, सुलोचना सिजख्वाले स्पोर्ट्स साइकोलोजी, अर्चना यादवले इनर्जी सिस्टम इन स्पोर्ट्स पर्फमेन्स, रमन नेपालीले स्पोर्ट्स मोटिभेसन, राजेन्द्ररत्न तुलाधरले कन्डिसनिङ एन्ड फिट्नेस, हिमाल दाहालले कोचेस इन ट्रेनिङ, रितामैया प्रजापतिले जेन्डर इक्विटी इन स्पोर्ट्स सोसियोलोजी र सकुना देवीले मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स बारे जानकारी दिने छन् ।
पाँच प्रदेश लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र प्रदेश १ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ । वीरगन्जपछि गण्डकी प्रदेशको पोखरामा फागुन २ र ३ गते अभिमुखीकरण कार्यक्रम हुने छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464