Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

शारीरिक अपाङ्गमा सुनीतालाई तीन स्वर्ण

काठमाडौं फागुन १८ गते ।
गंगा उमाविकी सुनीता नेपालीले २२ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिताको अन्तिम दिन बुधबार शारीरिक अपाङ्गतर्फ तीन स्वर्ण जितेकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुनीताले छात्रातर्फ क्रचेज नलिएर १ सय मिटर दौड, क्रचेज नलिएर २ सय मिटर दौड र क्रचेज नलिएर सटपुटमा स्वर्ण हात पारिन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको शारीरिक अपाङ्गकै क्रचेज नलिएर १ सय मिटर दौडको छात्राम खगेन्द्र नवजीवनका सुरज कार्की, एक क्रचेज लिएर १ सय मिटर दौडको छात्रमा प्रभात माविका सुनील सुनार र छात्रामा खगेन्द्रकी पूजा कार्की, दुई क्रचेज लिएर १ सय मिटर दौडको छात्रमा खगेन्द्रका युवक लामा र छात्रामा नेपाल अपाङ्ग संघकी मञ्जु थारु, क्रचेज नलिएर २ सय मिटर दौडको छात्रमा खगेन्द्र सुरज कार्की, १ सय मिटर ह्वीलचेयरको छात्रमा नेपाल अपाङ्ग संघका अशोक राना र छात्रामा रजनी राई तथा सटपुटमा क्रचेज नलिएरको छात्रमा नेपाल अपाङ्ग संघका बलबहादुर चौधरीले पहिलो स्थान हात पारे ।
बहिरा क्षेत्रतर्फ १ सय मिटर दौडको छात्रमा देवेन्द्र सारु र छात्रामा बहिरा बाल माविकी पुष्पा खत्री, २ सय मिटर दौडको छात्रमा सिद्ध बहिरा बालकको विद्यालयका धीरज शाही र छात्रामा बहिरा बाल माविकी पुष्पा खत्री, ४ सय मिटर दौडको छात्रमा बहिरा बाल माविका दयानारायण चौधरी र छात्रामा धौलागिरी बहिरा विद्यालयकी अनिता बुढा मगर, सटपुटको छात्रामा बहिरा विद्यालयकी सञ्चमाया तामाङ र छात्रमा बहिरा बाल माविका देवेन्द्र सारु तथा लङजम्पको छात्रामा विराट बहिरा माविकी चमन खातुन र छात्रमा सिद्ध बहिराका धीरज शाहीले शीर्ष स्थान कब्जा गरे ।
पूर्ण दृष्टिविहीनको सटपुट छात्रमा लेबोरेटरीका आनन्द पाण्डे र छात्रामा मंगलप्रसाद उमाविकी दौपदा सहकार्य, आंशिक दृष्टिविहीनको सटपुट छात्रमा ज्ञानोदय उमाविका लक्ष्मण बुढाथोकी र छात्रामा मंगलप्रसादकी सपना चौधरी, पूर्ण दृष्टिविहीनको स्ट्यान्डिङ लङजम्प छात्रमा जनप्रकाश उमाविका अभिषेक सुनुवार र छात्रामा लेबोरेटरीकी सनिता भट्टराई तथा आंशिक दृष्टिविहीनको स्ट्यान्डिङ लङजम्प छात्रमा शिखर उमाविका चेतन सुनुवार र छात्रामा मंगलप्रसादकी सपना चौधरीले स्वर्ण जिते । शीर्ष तीन स्थानमा रहने खेलाडीलाई प्रोत्साहन स्वरुप क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगदबाट पुरस्कृत गरियो ।
विजेतालाई राखेपका सदस्यद्वय अस्मिता गुरुङ र उपेन्द्र पौडेल, राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ उपत्यकाबाट १४५ र उपत्यका बाहिराबाट १४३ गरी २ सय ८८ खेलाडीले एथलेटिक्सका विभिन्न ३८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464